सुनको मूल्य तोलामा ८ सयले बढ्यो

<p>काठमाडौं । नेपाली बजारमा असारको पहिलो दिन शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य एकैदिन ८ सयले बढेको छ । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुन तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २ सय [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा असारको पहिलो दिन शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य एकैदिन ८ सयले बढेको छ ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज बढेको मूल्य अनुसार छापावाल सुन तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, चाँदीको मूल्य २० रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News