काठमाडौं । जागिर खोज्नेहरुको लागि खुसिको खबर छ । नेपाल बैंकले विभिन्न पदहरुमा कर्मचारीको माग गरेको छ ।
बैंकले चौथो तहदेखि छैटौंतहसम्मका पदहरुका लागि कर्मचारी माग गरेको हो । बैंकले ४६ जना कर्मचारी माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्न लागेको हो । बैंकले सहायक प्रबन्धक छैटौं तह र सहायक चौथो पदका लागि कर्मचारी माग गरेको हो ।
ईच्छुक तथा योग्य नेपाली नागरिकले आज १ असारदेखि २१ गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता असार २८ गतेसम्म आवेदन दिन सकिनेछ ।