काठमाडौं । आइतबार चार वटा कम्पनीको सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । जसमध्ये यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ भने बाँकी तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
यूनिक नेपालको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ सूचीकृत भएको हो । जसको सिम्बोलिक नाम यूएनएलबी रहेको छ ।
त्यस्तै, बोनस सेयर सूचीकृत हुनेमा उपकार लघुवित्त वित्तीय संस्था, साना किसान विकास लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था रहेका छन् ।
उपकार लघुवित्तको ४ लाख ५ हजार २३२ कित्ता अर्थात ६१.७५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, साना किसान विकास लघुवित्तको २६ प्रतिशत अर्थात ४० लाख ६७ हजार ४७५ कित्ता बोनस सेयर नेप्सेमा थपिएको छ ।
त्यसैगरी, नयाँ सारथी लघुवित्तको पनि १९ प्रतिशत अर्थात ५ लाख ७६ हजार ४५० बोनस सेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ ।