एक विद्युत कम्पनीले ८ सय प्रतिशत हकप्रद सेयर बिक्री गर्दै

<p>काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले ८ सय प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले असार १९ गतेदेखि १ः८ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने जनाएको छ । कम्पनी सञ्चालक समितिको जेठ २६ गते बसेको बैठकले १ः८ को अनुपात अर्थात् विद्यमान १ कित्ता सेयर बराबर नयाँ ८ कित्ताका दरले हकप्रद बिक्री [&hellip;]</p>

काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले ८ सय प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले असार १९ गतेदेखि १ः८ को अनुपातमा हकप्रद सेयर बिक्री गर्ने जनाएको छ ।

कम्पनी सञ्चालक समितिको जेठ २६ गते बसेको बैठकले १ः८ को अनुपात अर्थात् विद्यमान १ कित्ता सेयर बराबर नयाँ ८ कित्ताका दरले हकप्रद बिक्री गर्ने निर्णय गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्य दरका २३ लाख ६८ हजार १२२ कित्ता सेयर बिक्री गर्ने बताएको छ ।

कम्पनीको सो सेयर असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सकिने छ । हाल कम्पनीको प्रति कित्ता सेयरको दर ५० रुपैयाँ कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले अनुरोध गरेको छ ।

सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउने छन् । कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई वितरण गरिनेछ । दरखास्त फारम साङ्गे विद्युत कम्पनीको कार्यालय ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गरी आवेदन भर्न सकिने कम्पनीले जनाएको छ ।

हकप्रद सेयर बिक्री प्रयोजनका लागि कम्पनीले असार ११ गतेदेखि असार १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

Share News