समता घरेलु लघुवित्त एफपीओ निष्कासन तयारीमा, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

<p>काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ। संस्थाले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्दै एफपीओ निष्कासन गर्ने जानकारी दिएको हो । समता र मुक्तिनाथबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा घरेलु समता लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका तर्फबाट कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर [&hellip;]</p>

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ।

संस्थाले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गर्दै एफपीओ निष्कासन गर्ने जानकारी दिएको हो ।

समता र मुक्तिनाथबीच सोमबार सम्झौता भएको छ । सम्झौता पत्रमा घरेलु समता लघुवित्तका प्रमुख कार्यकारी अधिकृत मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका तर्फबाट कार्यकारी अधिकृत कवीन्द्रध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले वित्तीय संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पुँजी संरचना संस्थापकको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत कायम हुनेगरी नपुग ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँ  बराबरको ३ लाख ३२ हजार ८५६ कित्ता एफपीओ निष्कासन गर्ने भएको हो ।

हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले सर्वसाधरणमा उक्त एफपीओ बिक्री गर्ने तयारी गरेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी ३९ करोड ४१ लाख छ । नेप्सेमा ३९ लाख ४१ हजार ५५८ कित्ता सेयर सूचीकृत छ ।

Share News