पैसा नभएको खाताबाट सेयरमा आवेदन दिए कारवाही हुने

<p>काठमाडौं । बैंक खातामा प्रयाप्त रकम नराखी कुनै कम्पनीको आईपीओमा आवेदन भरेमा कारवाही हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पैसा नभएको वा सेयरका लागि अपुग रकम भएको बैंक खाताबाट सेयर भरेमा कारावही हुने बताएको हो । सिडिएसले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट सेयर भरेमा कारबाही हुने बताएको हो । ‘संगठित [&hellip;]</p>

काठमाडौं । बैंक खातामा प्रयाप्त रकम नराखी कुनै कम्पनीको आईपीओमा आवेदन भरेमा कारवाही हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले पैसा नभएको वा सेयरका लागि अपुग रकम भएको बैंक खाताबाट सेयर भरेमा कारावही हुने बताएको हो ।

सिडिएसले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट सेयर भरेमा कारबाही हुने बताएको हो ।

‘संगठित संस्थाले जारी गरेको सार्वजनिक निस्कासन (सेयर) भर्दा आफ्नो बैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निस्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन २०६३ अनुसार झूटा एवम् जालसाजीयुक्त कारोबार हुने भएकाले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कारबाही हुने ब्यहोरा जानकारी गराउँछौं,’ सिडिएसको सूचनामा भनिएको छ ।

Share News