ईङ्वा हाइड्रोको आईपीओ सूचीकृत, मंगलबारदेखि किनबेच गर्न पाइने

<p>काठमाडौं । ईङ्वा हाइड्रोपावरको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा विवरण गरिएको (वैदेशिक रोजगारीमा रहेको नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरु समेत) १८ लाख किता आर्थत ३० प्रतिशत र कम्पनीका संस्थापक सेयरधनीहरु लगानी [&hellip;]</p>

काठमाडौं । ईङ्वा हाइड्रोपावरको साधारण सेयर (आईपीओ) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । सोमबार कम्पनीको ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा विवरण गरिएको (वैदेशिक रोजगारीमा रहेको नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरु समेत) १८ लाख किता आर्थत ३० प्रतिशत र कम्पनीका संस्थापक सेयरधनीहरु लगानी गरेको ४२ लाख कित्ता अर्थात ७० प्रतिशत सेयर (धितोपत्र) समेत गरी जम्मा ६० लाख कित्ता नेप्सेमा सूचीकृत गरिएको छ ।

यससँगै कम्पनीको सेयर भोलि अर्थात मंगलबारदेखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि नेप्सेले प्रतिकित्ता सेयर न्यूनतम ९७.२९ रुपैयाँदेखि अधिकतम २९१.८७ रुपैयाँसम्मको रेञ्ज तोकिदिएको छ । यससँगै बजारमा कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । जसको स्टक सिम्बोल भने नेप्सेले आईएचएल दिएको छ ।

कम्पनीले सर्वसाधारण समक्ष नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड (धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक) मार्फत साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला थापाथली रहेको छ । सेयर सूचीकरण पश्चात दिनुपर्ने आरटीएस सेवा ईङ्वा हाइड्रोपावर थापाथली काठमाडौंबाट हुने कम्पनीले जनाएको छ ।

Share News