काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले लाभांश सेयरधनीहरुलाई वितरण गर्न सुरु गरेको छ । लघुवित्तको गत फागुन १८ गते सम्पन्न चौंथो वार्षिक साधारण सभाले पारित गरेको ६१.७५ प्रतिशत बोनस सेयर सेयरधनीहरुको खातामा जम्मा गरेको हो ।
लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएपश्चात् हितग्राही खातामा जम्मा गरेको लघुवित्तले जनाएको छ । आइतबार लघुवित्तको ६१.७५ प्रतिशत बोनस वापतको ४ लाख ५ हजार २३२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
लघुवित्तले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको हितग्राही खातामा असार ५ गते बोनस जम्मा गरेको बताएको छ । साथै, लघुवित्तले हालसम्म डिम्याट अभौतिकीकरण नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण अद्यावधिक गराउन आग्रह गरेको छ । लघुवित्तको सेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।