कनेक्ट आइपीएसका प्रयोगकर्तालाई नयाँ अफर, रेफर गर्नेको खातामा ५० रुपैयाँ आउने

<p>काठमाडौं । कनेक्ट आइपीएसले प्रयोगकर्ताहरुका लागि रेफर अ फ्रेन्ड २.० अफर ल्याएको छ । यस अन्तर्गत कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी परिवार तथा आफन्तहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रेफर गर्न सक्ने कम्पनीले जनाएको छ । असार ५ गतेदेखि महिनाभर रहने यो अफरमा रेफ्रीले आफ्नो बैंक खाता भेरिफाइ गराएपछि रेफररले २५ रुपैयाँ र रेफ्रीले ५० रुपैयाँ [&hellip;]</p>

काठमाडौं । कनेक्ट आइपीएसले प्रयोगकर्ताहरुका लागि रेफर अ फ्रेन्ड २.० अफर ल्याएको छ ।

यस अन्तर्गत कनेक्ट आइपीएसका प्रयोगकर्ताहरुले आफ्ना साथी परिवार तथा आफन्तहरुलाई कनेक्ट आइपीएसमा रजिष्टर हुन रेफर गर्न सक्ने कम्पनीले जनाएको छ ।

असार ५ गतेदेखि महिनाभर रहने यो अफरमा रेफ्रीले आफ्नो बैंक खाता भेरिफाइ गराएपछि रेफररले २५ रुपैयाँ र रेफ्रीले ५० रुपैयाँ आफ्नो खातामा पाउन सक्ने कनेक्ट आइपीएसले जनाएको छ ।

अफरको फाइदा लिनका लागि रेफररले आफ्ना साथी तथा आफन्तलाई आफ्नो रेफरल कोड दिनुपर्ने हुन्छ । रेफ्रीले भने कनेक्ट आइपीएसमा नयाँ प्रयोगकर्ता रजिष्टर गर्दा उक्त रेफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाइ वा नजिकैको बैंकमा गएर भेरिफाइ गरेपछि उक्त रकम खातामा प्राप्त गर्न सक्ने बताइएको छ ।

रेफररले आफ्नो रेफरल कोडसँगै लिंक पनि सेयर गर्न सक्ने कनेक्ट आइपीएसले जनाएको छ । रेफ्रीले उक्त लिंक क्लिक गरी वा मोबाइल एपमार्फत पनि नयाँ प्रयोगकर्ता बनाउन सक्नेछन् । रेफ्रीको लिंक गरिएको खाता भेरिफाइ भएपछि मात्र रेफरल रकम खातामा प्राप्त हुने भएकाले रेफ्रीले अफर अवधिभित्र खाता भेरिफाइ गराइसक्नुपर्ने बताइएको छ ।

कनेक्ट आइपीएस बैंकका ग्राहकका लागि एकै प्लाटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत अन्य विभिन्न भुक्तानी गर्ने माध्यम हो । यसबाट वेबमार्फत प्रतिकारोबार २० लाख रुपैयाँसम्म र मोबाइल एपमार्फत २ लाखसम्मको भुक्तानी गर्न सकिने कनेक्ट आइपीएसले जनाएको छ ।

Share News