एक महिनापछि बिक्री हुँदै कृषि बीमालेख, सरकारले अनुदान नदिए पुनः बन्द गर्ने चेतावनी

<p>काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बन्द गरेका कृषि सम्बन्धी बीमालेख पुनः जारी गर्ने भएका छन् । गत जेठ ७ गतेदेखि बन्द गरिएको उक्त बीमालेख करिब एक महिनापछि अर्थात असार ४ गतेदेखि सुचारु भएको हो । कम्पनीहरुले बारम्बार पहल गर्दा पनि सरकारले दिनुपर्ने अनुदान रकम नदिएको भन्दै उनीहरुले गत जेठ ७ गतेदेखि उक्त बीमालेखको बिक्री बन्द [&hellip;]</p>

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले बन्द गरेका कृषि सम्बन्धी बीमालेख पुनः जारी गर्ने भएका छन् । गत जेठ ७ गतेदेखि बन्द गरिएको उक्त बीमालेख करिब एक महिनापछि अर्थात असार ४ गतेदेखि सुचारु भएको हो ।

कम्पनीहरुले बारम्बार पहल गर्दा पनि सरकारले दिनुपर्ने अनुदान रकम नदिएको भन्दै उनीहरुले गत जेठ ७ गतेदेखि उक्त बीमालेखको बिक्री बन्द गरेका थिए । हाल भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बीमकहरुलाई केहि आँशिक रकम उपलब्ध गराउने प्रतिवद्धता गरेकोले संघले बिक्री खुला गर्ने निर्णय गरेको हो ।

गत जेठ ३० गते कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भसालको अध्यक्षतामा मन्त्रालयका दुबै सचिवहरुको संयुक्त सहभागितामा बसेको बैठकमा अनुदान रकम तत्काल उपलब्ध गराउने प्रतिवद्धता भएको छ ।

यससँगै बीमक संघले आगामी असार मसान्तसम्मको लागि बीमालेख जारी गर्ने कार्य सुचारु गर्ने नेपाल बीमक संघले निर्णय गरेको छ । यदि उक्त समयभित्रमा पनि सरकारले अनुदान रकम नदिएमा पुनः बीमालेख बन्द गरिने संघको चेतावनी छ ।

नेपाल सरकारले २०६९ सालदेखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको छ । बीमक संघका अनुसार सरकारले २०७७ सालदेखिको कृषि बीमाको अनुदान बापत करिब ३ अर्ब रुपैयाँ दिन बाँकी रहेको छ ।

Share News