घोराही सिमेन्टको आईपीओ माथि छानबिन गर्न समिति गठन

<p>काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्काशन प्रक्रियामाथि छानबिन गर्न छानबिन समिति गठन भएको छ । नेपाल धितोपत्र बोर्डका सुपरभिजन प्रमुख दिपेश ताम्राकारको संयोजकत्वमा बुधबार समिति गठन भएको हो । कम्पनीको सेयर निष्काशन प्रक्रियामा बदमासी गरेको भेटिएपछि आईपीओ नै खारेज गर्नुपर्ने आवाज उठ्न थालेपछि छानबिन समिति बनेको हो । उक्त समितिले आईपीओ बिक्री प्रक्रियामा संलग्न [&hellip;]</p>

काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्काशन प्रक्रियामाथि छानबिन गर्न छानबिन समिति गठन भएको छ । नेपाल धितोपत्र बोर्डका सुपरभिजन प्रमुख दिपेश ताम्राकारको संयोजकत्वमा बुधबार समिति गठन भएको हो ।

कम्पनीको सेयर निष्काशन प्रक्रियामा बदमासी गरेको भेटिएपछि आईपीओ नै खारेज गर्नुपर्ने आवाज उठ्न थालेपछि छानबिन समिति बनेको हो । उक्त समितिले आईपीओ बिक्री प्रक्रियामा संलग्न रहेका अण्डरराइटिङ कम्पनी, बिक्री प्रबन्धक र धितोपत्र बोर्डमाथि पनि छानबिन गर्ने बताइएको छ ।

सम्बन्धित समाचार

घोराहीको आईपीओ खारेज गर्न माग, अण्डरराइटर, बिक्री प्रबन्धक र सेबोनको अक्षम्य गल्ती

Share News