काठमाडौं । ग्रीन भेन्चर्स कम्पनीले सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको गत जेठ ३२ गते बसेको चौंथो वार्षिक साधारणसभा असार २९ गते बसेको काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।
कम्पनीको सभाले सञ्चालकहरुको बैठक भत्ता वृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, संस्थापकमध्येबाट ५ जना, सर्वसाधारणबाट १ जना र स्वतन्त्रबाट १ जना गरी ७ जना सञ्चालकको निर्वाचन गर्नेछ ।
यस्तै, आर्थिक वर्ष २०७८÷७९ को सञ्चालक समितिकिो प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।
कम्पनीका सञ्चालकहरुको कार्यकाल ४ वर्ष रहने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागि हुन सक्नेछन् ।