नेप्सेमा ६ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत असार ३ गते आइतबारदेखि असार ८ गते शुक्रबारसम्म उपकार लघुवित्त, साना किसान विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, एशियन लाइफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक र विजय लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । उपकार लघुवित्तको ६१.७५ [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ४ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत असार ३ गते आइतबारदेखि असार ८ गते शुक्रबारसम्म उपकार लघुवित्त, साना किसान विकास लघुवित्त, नयाँ सारथी लघुवित्त, एशियन लाइफ इन्स्योरेन्स, कामना सेवा विकास बैंक र विजय लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

उपकार लघुवित्तको ६१.७५ प्रतिशत बोनस बापत ४ लाख ५ हजार २३२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, साना किसान विकास लघुवित्तको २६ प्रतिशत बोनस बापत ४० लाख ६७ हजार ४७५.६९१८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३६८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, नयाँ सारथी लघुवित्तको १९ प्रतिशत बोनस बापत ५ लाख ७६ हजार ४५०.९९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, एशियन लाइफ इन्स्योरेन्सको ८.५० प्रतिशत बोनस बापत २४ लाख ७१ हजार ८९४.४२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८.५० प्रतिशत बोनस सेयर र ०.४४५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, कामना सेवा विकास बैंकको ४.४१ प्रतिशत बोनस बापत १३ लाख ८५ हजार ८७६.४६६७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.४१ प्रतिशत बोनस सेयर र ०.२३२१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, विजय लघुवित्तको २० प्रतिशत बोनस बापत ६ लाख ४० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News