नेप्से दोहोरो अंकले बढ्दा ५ कम्पनीको सेयरमा लाग्यो सकारात्मक सर्किट

<p>काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५५ प्रतिशतले बढी हो । बजारमा ५ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । अघिल्लो दिन [&hellip;]</p>

काठमाडौं । सोमबारको सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ११.६९ अंकले बढेर २१२९.४२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.५५ प्रतिशतले बढी हो ।

बजारमा ५ अर्ब ३१ करोड २४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा घटी हो । अघिल्लो दिन अर्थात आइतबारको बजारमा भने ६ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार शिवम् सिमेन्टस्को सबैभन्दा बढी कारोबार भएको छ । एकैदिन ४२ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य प्रतिकित्ता ६२२ रुपैयाँ छ ।

बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी हिमालयन लाइफ इन्स्योरेन्सको सेयर मूल्य बढेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४६१.१० रुपैयाँ पुगेको छ । त्यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संंस्थाको ९.९९ प्रतिशतले, नागरिक लगानी कोषको ९.९९ प्रतिशतले, सिभिल लघुवित्त वित्तीय संस्थाको ९.९७ र माउन्टेन इनर्जी नेपालको सेयर मूल्य ९.७६ प्रतिशतले बढेको छ ।

मंगलबार सुपर म्यादी हाइड्रोपावरको सबैभन्दा बढी अर्थात ६.९४ प्रतिशतले घटेको छ ।

बजारमा ८ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ५ वटा समूह राताम्मे देखिएका छन् ।

Share News