काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वटा लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । असार १२ गते एकैदिन माहुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
दुई संस्थाको कूल ९ लाख १६ हजार २६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये माहुली लघुवित्तको १४.२५ प्रतिशत अर्थात ४ लाख २ हजार ९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत अर्थात ५ लाख १४ हजार ११६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।
यससँगै अब दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।