काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले झण्डै १ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार २९२ कित्ता सेयर बिक्री गर्ने भएको हो ।
संस्थापक सेयरधनी देवराज चौलागाँईको नाममा रहेको २३ हजार ३१ कित्ता, बिमला घिमिरेको १५ हजार ९२६ कित्ता, मनोज बस्नेतको ९ हजार कित्ता, कल्पना मास्केको ३० हजार १४२ कित्ता र मिना श्रेष्ठको १९ हजार १९३ कित्ता सेयर बिक्रीमा राखेको हो ।
सो संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको हो ।