बिदाको दिन पनि सेयर बजार खुला !

<p>काठमाडौं । सार्वजनिक बिदाका दिन पनि सेयर बजार खुला भएको छ । सरकारले आज असार १४ गते (बिहीबार)का दिन सार्वजनिक बिदा दिएको भएपनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बजार खुला रहेको छ । इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (ईद उल अहजा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि नेप्सेको वेवसाइटमा भने बजार खुला भनेर [&hellip;]</p>

काठमाडौं । सार्वजनिक बिदाका दिन पनि सेयर बजार खुला भएको छ । सरकारले आज असार १४ गते (बिहीबार)का दिन सार्वजनिक बिदा दिएको भएपनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बजार खुला रहेको छ ।

इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद (ईद उल अहजा) को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि नेप्सेको वेवसाइटमा भने बजार खुला भनेर देखाइएको छ । बजार खुला भनेर देखिएपनि कारोबार भने भएको छैन ।

यस विषयमा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीसँग बुझ्दा नेप्से कारोबार बन्द नै रहेको बताए । उनले आफूले कसरी बजार खुला देखियो भनेर बुझिरहेको बताए ।

‘बजार खुला छैन, म पनि प्रयास गर्दै छु, साथीहरुसँग सम्पर्क भएको छैन, प्राविधिक साथीहरु आज बिदा भएकाले फोन पनि उठाइरहनु भएको छैन,’ उनले भने, ‘आज बिदा हो, कार्यालयमा कोही पनि छैनन्, वेवसाइटमा देखिएको होला, कसरी डिस्प्ले भयो भनेर बुझ्दै छु ।’

Share News