सनी सेक्यूरिटिजले त्रिवेणी इन्टरनेशनल कलेजमा दियो सेयर तालिम

<p>काठमाडौं । पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको सनी सेक्यूरिटिजले  बुधवार लेखनाथ स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा आधारभूत सेयर तालिम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा ९८ जनाको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा विशेष गरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो शेयरबाट प्राथमिक बजारमा आइपिओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, [&hellip;]</p>

काठमाडौं । पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको सनी सेक्यूरिटिजले  बुधवार लेखनाथ स्थित त्रिवेणी इन्टरनेशनल कलेजमा आधारभूत सेयर तालिम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा ९८ जनाको सहभागिता रहेको थियो ।

तालिम कार्यक्रममा विशेष गरी सेयर बजारको परिचय, डिम्याट खाता खोल्ने र मेरो शेयरबाट प्राथमिक बजारमा आइपिओ मार्फत लगानी गर्ने, कम्पनीको वित्तीय प्रतिवेदनका विभिन्न पक्षको जानकारी, असल कम्पनी छान्ने तरिका, शेयर बजारका फाइदा तथा जोखिमहरू, जोखिम न्यूनीकरणका उपायहरू तथा नेपालमा अन्लाईन शेयर कारोबारको महत्व र यसबारे विशेष जानकारी समेटिएकोले विद्यार्थीहरू लगायत नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्नेहरूका लागि तालिम धरै प्रभावकारी भएको कुरा तालिका सहभागीहरूले व्यक्त गर्दै आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

साथै साइन्टिफिक विजनेश हवका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका मुख्य प्रशिक्षक उत्सव ढकालले, आर्थिक र वित्तीय क्षेत्र सम्बन्धी क्षमता अभिवृद्धि गर्ने, पुँजीलाई बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवाहरूलाई आर्थिक पक्षमा सचेत गराउँदै आवश्यक क्षमता अभिवृद्धिमा सहयोग गरी समयसापेक्ष उचित वित्तीय निर्णयहरू लिन आवश्यक ज्ञान, सीप, मनोवृत्ति र व्यवहारहरूको विकाश गर्ने पुनीत मनसायले सो तालिम कार्यक्रम आयोजना गरेकोमा आयोजक संस्था सनी सेक्यूरिटिजप्रति आभार व्यक्त गरे ।

तालिम साइन्टिफिक विजनेश हवको सहकार्यमा सम्पन्न भएको थियो । शेयर बजारको पर्याप्त आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठुलो जोखिमका बिच दोस्रो बजारमा कारोबार गर्नुपरेको अहिलेको अवस्थामा शेयर बजारको आधारभूत ज्ञान सहितका यस्ता कार्यक्रमहरू पुँजी बजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्यूरिटिजको पहलमा सेयर बजार सम्बन्धी जागरूक र जनचेतना मूलक तालिमहरू देश व्यापी रूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक विजनेश हव अन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ ।

Share News