सेयर बजार राताम्मे, घटेर न्यून बिन्दुमा झर्यो नेप्से परिसूचक

<p>काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक एकैदिन ५३.७० अंकले घटेको छ । कारोबार खुल्दा २१५५.८२ बिन्दुमा रहेको परिसूचक दिनभर ओरालो लागेर २०९७.२९ बिन्दुमा अडिएको छ । जुन दिनभरकै न्यूनतम बिन्दु हो र प्रतिशतको आधारमा भने २.५० प्रतिशतले घटी हो । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । पछिल्लो दिन अर्थात बुधबार ५ अर्ब ९७ [&hellip;]</p>

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक एकैदिन ५३.७० अंकले घटेको छ । कारोबार खुल्दा २१५५.८२ बिन्दुमा रहेको परिसूचक दिनभर ओरालो लागेर २०९७.२९ बिन्दुमा अडिएको छ । जुन दिनभरकै न्यूनतम बिन्दु हो र प्रतिशतको आधारमा भने २.५० प्रतिशतले घटी हो ।

परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । पछिल्लो दिन अर्थात बुधबार ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार भने ५ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ । २८६ वटा स्क्रीप्स कारोबारमा आएकोमध्ये हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । दिनभरमा इन्स्योरेन्सको ४२ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको र सिटी होटलको सेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशतले बढेको छ ।

आइतबार १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।

Share News