सिद्धार्थ क्यापिटलले सुरु गर्यो स्वचालित रुपमा एसआईपीको भुक्तानी सेवा

<p>काठमाडौं । सिद्धार्थ क्यापिटलले स्वचालित रुपमा एसआईपीको भुक्तानी सेवा सुरु गरेकाे छ । सिद्धार्थ क्यापिटलले एनसीएचएलसँगको सहकार्यमा सिद्धार्थ क्यापिटलको ब्यबस्थित लगानी योजना (एसआईपी) मा गरिने भुक्तानी स्वचालित रुपमा रुपमा हुने व्यवस्थाको सुरुवात गरेको हाे। सम्झौता अनुसार लगानीकर्ताहरुले सिद्धार्थको एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक रुपमा लगानी गर्ने रकम एक पटक अनलाइन इ-मेनटेड गरी लगानी रकम तोकिएको समय [&hellip;]</p>

काठमाडौं । सिद्धार्थ क्यापिटलले स्वचालित रुपमा एसआईपीको भुक्तानी सेवा सुरु गरेकाे छ ।

सिद्धार्थ क्यापिटलले एनसीएचएलसँगको सहकार्यमा सिद्धार्थ क्यापिटलको ब्यबस्थित लगानी योजना (एसआईपी) मा गरिने भुक्तानी स्वचालित रुपमा रुपमा हुने व्यवस्थाको सुरुवात गरेको हाे।

सम्झौता अनुसार लगानीकर्ताहरुले सिद्धार्थको एसआईपीमा आफ्नो मासिक वा त्रैमासिक रुपमा लगानी गर्ने रकम एक पटक अनलाइन इ-मेनटेड गरी लगानी रकम तोकिएको समय अन्तरालमा स्वचालित रुपमा भुक्तानी गर्न सक्ने छन् ।

क्यापिटलका अनुसार सिद्धार्थ क्यापिटलको खुला मुखी योजना सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम अन्तर्गत एसआईपीमा मासिक वा त्रैमासिक रुपमा निश्चित रकम लगानी गर्न सकिन्छ । इ-मेनटेडको प्रयोगले सिद्धार्थ एसआईपीमा आबद्ध हुने ग्राहकलाई मासिक र त्रैमासिक रकम भुक्तानी समय सम्झीने झन्झटबाट मुक्त गर्ने अपेक्षा गरिएको क्यापिटलले जानेको छ ।

एनसीएचएलले सञ्चालन गर्दै आएको रिटेल पेमेन्ट स्विच अन्तर्गत डाइरेक्ट डेबिट भुक्तानी उपकरणको  इ-मेनटेड मार्फत कुनैपनि किसिमको सेड्युल पेमेन्टलाई एक पल्टको सेटअपको आधारमा स्वचालित गर्न सकिनेछ ।

Share News