एसवाई बजारको ब्राण्ड एम्बेसडरमा रुबी राणा 

<p>काठमाडौं । इकमर्स प्लेटफर्म एसवाई बजारको ब्राण्ड एम्बेसडरमा रुबी राणा नियुक्त भएकी छिन् । एसवाई बजारले व्यवसाय प्रवर्द्धनका लागि प्रथम मिस नेपाल राणालाई ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त गरेको हो । राणासँग एसवाई बजारको एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको पनि एसवाई बजारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराज [&hellip;]</p>

काठमाडौं । इकमर्स प्लेटफर्म एसवाई बजारको ब्राण्ड एम्बेसडरमा रुबी राणा नियुक्त भएकी छिन् । एसवाई बजारले व्यवसाय प्रवर्द्धनका लागि प्रथम मिस नेपाल राणालाई ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त गरेको हो ।

राणासँग एसवाई बजारको एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको पनि एसवाई बजारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाबुराज खड्काले बताए ।

यस सम्झौतापछि ब्राण्ड एम्बेसडर राणाले प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरू गर्ने पनि बताइएको छ ।

Share News