
काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीको आईपीओमा रकम नभएको खाताबाट आवेदन दिने आवेदकहरुलाई जालसाजी मुद्धा लगाइने भएको छ । नेपाल धितोपत्र बोर्डले सर्वसाधारणलाई भ्रमित पार्ने गरी आवेदन दिएका ब्यक्तिहरुमाथि जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानबिनका लागि सिफारिस गरेको हो ।
साथै, सर्वसाधारणलाइए भ्रमित पार्ने कार्यमा निष्काशनकर्ता कम्पनी र बिक्री प्रबन्धकका कर्मचारी तथा सञ्चालकहरुको कुनै संलग्नता नदेखिएको अनुसन्धानबाट खुलेको बोर्डले जनाएको छ ।
‘केही लगानकर्ताहरुले बैंक खातामा पर्याप्त मात्रामा रकम नहुँदा नहुँदै सर्वसाधारण लगानीकर्ताहरुलाई भ्रमित पार्ने उद्देश्यले अस्वाभाविक रूपमा ठूलो कित्ता सेयर खरिद गर्न आवेदन दिएकोमा उक्त आवेदकहरु निष्काशनकर्ता कम्पनी र निष्काशन तथा बिक्री प्रबन्धकको संचालक र कर्मचारीहरुसंँग कुनै सम्बन्ध नदेखिएको तर उल्लेखित आवेदकहरुरले सर्वसाधारणहरुलाई भ्रमित पार्ने उद्देश्यले आवेदन गरेको देखिएकोले जालसाजी सम्बन्धमा नेपाल प्रहरी समक्ष थप छानविनको लागि सिफारिस गर्ने छ,’ बोर्डले भनेको छ ।
यस्तै, निष्काशन तथा बिक्री प्रबन्धकले मागभन्दा बढी कित्ता सेयर खरिदको लागि आवेदन परेको अवस्थामा समेत समयावधि थप गर्न सूचना प्रकाशित गरेको हुँदा सो सम्बन्धमा समेत थप छानविन गर्ने बोडृले जनाएको छ ।
बोर्डका अनुसार आस्वा सदस्य एनआइसी एशिया बैंकले आवेदकको खातामा पर्याप्त रकम नभई आवेदन स्वीकृत गरेकोमा खातामा पर्याप्त रकम नहुँदा नहुँदै के कसरी आवेदनहरु स्वीकृत भएको हो सो सम्बन्धमा थप छानविन गरी आवश्यक कारवाही अगाडी बढाइने छ ।