घोराही सिमेन्टको आईपीओ ७ दिनसम्म बिक्री खुला !

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ पुनः निष्काशन गर्न दिने भएको छ । यसअघि आवेदन दिएका लगानीकर्ताहरुलाई रकम झिक्न वा थपघट गर्न दिएर पुनः आवेदन खुला गर्न ३ दिनको समय दिएको बोर्डले जनाएको छ । घोराही सिमेन्टको आईपीओमा सर्वसाधारण लगानीकर्ताको करिब ३ अर्ब ६१ करोड रकम होल्ड भएकाे छ । त्यसैगरी,  वैदेशिक रोजगारीमा [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपीओ पुनः निष्काशन गर्न दिने भएको छ । यसअघि आवेदन दिएका लगानीकर्ताहरुलाई रकम झिक्न वा थपघट गर्न दिएर पुनः आवेदन खुला गर्न ३ दिनको समय दिएको बोर्डले जनाएको छ ।

घोराही सिमेन्टको आईपीओमा सर्वसाधारण लगानीकर्ताको करिब ३ अर्ब ६१ करोड रकम होल्ड भएकाे छ । त्यसैगरी,  वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र उद्योग प्रभावित क्षेत्रका स्थानीयलाई निष्काशन गरेको सेयर बाँडफाँड भई २९ करोड ४६ लाख ७८ हजार २५० रुपैयाँ कम्पनीको खातामा रकमान्तर समेत भैसेकेको छ ।  बाेर्डले सर्वसाधारणकाे पैसा हाेल्ड भएकाे र आर्थिक वर्ष २०७९/८० समेत समाप्त हुन लागेको कुरालाई मध्यनजर गरी उक्त प्रकरणमा थप छानविन जारी राखेर हाललाई स्थगन भएको निष्काशन खुला गर्न दिएकाे प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।

उनकाअनुसार सिआस्वा प्रणालीमा दर्ता भएका आवेदनहरुको हकमा आवेदन गरेको सेयर कित्ता थपघट गर्न वा आवेदन फिर्ता खारेज गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै, आवेदन फिर्ता वा थपघट गर्न निष्काशन तथा बिक्री प्रबन्धकले सूचना प्रकाशित गरेको मितिले ३ दिनको समय दिइएको उनले बताए ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ अनुसार बाेर्डले धिताे पत्र निष्काशनकाे लागि ७ दिनकाे समय  दिएकाे श्रेष्ठले बताए । बाेर्डले दिएकाे समयमध्ये ५ दिन यसअघि नै समाप्त भइसकेकाे छ ।

Share News