घोराही सिमेन्टको आईपीओ पुनः बिक्री खुला, अब कहिलेसम्म आवेदन दिन पाइन्छ ?

<p>काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले स्थगित भएको आईपीओ आजदेखि पुनः बिक्री खुला गरेको छ । कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओ गत असार ४ गतेदेखि स्थगित थियो । तर, धितोपत्र बोर्डले अनुमति दिएपछि आजदेखि निष्काशन प्रक्रिया पुनः खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका [&hellip;]</p>

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्रीले स्थगित भएको आईपीओ आजदेखि पुनः बिक्री खुला गरेको छ । कम्पनीले गत जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा बिक्री खुला गरेको आईपीओ गत असार ४ गतेदेखि स्थगित थियो । तर, धितोपत्र बोर्डले अनुमति दिएपछि आजदेखि निष्काशन प्रक्रिया पुनः खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्तासम्म लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा असार २४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा असार ३१ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेका छन् । कम्पनीको आईपीओमा लगानीकर्ताले सिआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयर मार्फत् आवेदन दिन सक्नेछन् ।

केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

Share News