
काठमाडौं । चान्द्रमास अनुसार साउन महिनाको पहिलो सोमबार काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर मन्दिरमा देखिएको भक्तजनको चहलपहल । यस वर्ष सौरमास अनुसार साउन महिनाका सोमबार अधिकमास परेकाले चान्द्रमास अनुसार पहिलो सोमबारदेखि नै भक्तजनको भीड लागेको हो ।




वीरगन्जको पिपरामा अवस्थित पशुपतिनाथ मन्दिरमा सोमबार पूजा आराधना गर्न आएका भक्तजन । यस वर्ष सौरमास अनुसार साउन महिनाका सोमबार अधिकमास परेकाले चान्द्रमास अनुसार पहिलो सोमबारदेखि नै भक्तजनको भीड लागेको हो । तस्बिर : रासस