दुई हाइड्रोलाई ३७ करोडको आईपीओ जारी गर्न बोर्डको अनुमति

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई हाइड्रो पावरलाई ३७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले चिर्ख्वा हाइड्रो पावर र माथिल्लो मैलुन खोला जलविद्युत गरी दुई कम्पनीलाई सो मात्राको सेयर जारी गर्न अनुमति दिएको हो । यससँगै चिर्ख्वा हाइड्रो पावरले अंकित मूल्य एक सय रुपैयाँको दरले १२ लाख कित्ता सेयर जारी [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई हाइड्रो पावरलाई ३७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले चिर्ख्वा हाइड्रो पावर र माथिल्लो मैलुन खोला जलविद्युत गरी दुई कम्पनीलाई सो मात्राको सेयर जारी गर्न अनुमति दिएको हो ।

यससँगै चिर्ख्वा हाइड्रो पावरले अंकित मूल्य एक सय रुपैयाँको दरले १२ लाख कित्ता सेयर जारी गर्ने भएको छ । कम्पनीले स्थानीय र सर्वसाधारणलाई कूल १२ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने छ । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

त्यस्तै, माथिल्लो मैलुन खोलाले पनि अंकित मूल्य एक सय रुपैयाँको दरले २५ लाख कित्ता सेयर निष्काशन गर्ने छ । कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल मार्फत २५ करोड रुपैयाँ बराबरको सेयर स्थानीय र सर्वसाधारणलाई बिक्री गर्ने छ ।

Share News