
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
सोमबार कम्पनी र क्यापिटलले हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगाप्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाखको प्रति शेयर अंकित एक सय रुपैयाँको दरले एक कित्ता शेयरको ०.६५ प्रतिशतको अनुपातमा २४ लाख १४ हजार एक सय कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।