
काठमाडौं । मंगलबार सेयर बजारमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।
४.७३ अंक घटेर नेप्से परिसूचक २०७२ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
सोमबार ३ अर्ब ७९ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार भने कारोबार २ अर्ब ८५ करोडमा खुम्चिन पुग्यो । ७९ कम्पनीको मूल्य बढ्दा १३८ को घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।
समग्र बजार घट्दा विकास बैंक उपसमूहमा भने लगानीकर्ताको आकर्षण देखिएको छ ।
विकास बैंक उपसमूह ३.४२ प्रतिशत बढेको छ ।
विकास बैंक उपसमूह १२९ अंक बढ्दा फाइनान्स ५८ र उत्पादन १८ अंक बढेको छ ।
बैंकिङ २, होटल तथा पर्यटन ८०, जलविद्युत् २७, जीवन बीमा ८२, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ३६, अन्य ८ र ब्यापार उपसमूह १९ अंकले घटेका छन् ।