काठमाडौं । प्लस साइज नेपालको तेस्रो आउटलेट कुमारीपाटीमा खुलेको छ । बसुन्धारबाट सुरु भएको प्लस साइज नेपालले सोमबार आफ्नो तेस्रो आउटलेट कुमारीपाटीमा सुरुवात गरेको हो ।
काठमाडौंको बसुन्धारा पछि प्लस साइज नेपालले कावासोतीमा दोस्रो आउटलेट खोलेको थियो ।
सामाजिक सञ्जालमा प्रख्यात रहेको प्लस साइज नेपालको ब्राण्डले हाल एक हजार भन्दा धेरै डिजाइनहरु सार्वजनिक गरिसकेको छ भने एक डिजाइन ९ वटा भिन्न साइजहरुमा बनाउँदै आएको छ । इस्मल, मिडियम, लार्ज देखि ६एक्स एल सम्मको साइजमा हरेक डिजाइनका लुगाहरु बनाउँदै आएको छ ।
विष्णु बोहोराले १०० जना भन्दा धेरैलाई रोजगारी दिएर नेपालभर आफ्नो ब्राण्ड फैलाइरहेका छन् । प्लस साइज नेपालले आफ्नै डेलिभरी सेवा गुडविल लजिस्टिक पनि सञ्चालन गर्दै आएको छ । देशका अति दुर्गम बाहेक सहरी क्षेत्रभरी होम डेलिभरी सेवा समेत दिँदै आएको छ ।

‘हामीसगँ सबै प्रकारका लेडिज कपडाहरू छन् । यो बाहेक बजारमा नपाइने ठूला साइजका लेडिज कपडा हामीकहाँ उपलब्ध छन्,’ उनले भने।
कोभिड १९, लकडाउन, आर्थीक मन्दी, तरलताको अभाव, बैंकको चर्को ब्याजदरका बाबजुद रातदिनको मिहिनेतले व्यापारमा सफलता हासील गरेको बताए । प्लस साइज नेपालमा हाल देशभरीबाट प्रति दिन २०० भन्दा धेरै अर्डरहरु आइरहेका छन् भने पसलबाटै पनि राम्रो प्रतिक्रिया सहितको व्यापार भइरहेको उनी बताउँछन् ।
यसका साथै प्लस साइज नेपालले लेडिजहरुका लागि वान स्टप सोलुसन भन्दै ब्युटि प्रोडक्ट सँगै लुगाको व्यापार गर्दै आएको छ ।