नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले १ सय प्रतिशत हकप्रद जारी गर्ने

<p>काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ । कम्पनीले हाल कायम चक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो । कम्पनीको सञ्चालक समितिको असार २० गते बसेको बैठकले साउन ५ गते काठमाडौंमा बिहान १० बजे विशेष साधारणसभा डाकेको हो । कम्पनीले [&hellip;]</p>

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेष्टमेन्ट फण्डले हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएको छ । कम्पनीले हाल कायम चक्ता पूँजीको १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिको असार २० गते बसेको बैठकले साउन ५ गते काठमाडौंमा बिहान १० बजे विशेष साधारणसभा डाकेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्नेछ । साथै, संस्थामा रणनीतिक संस्थापक (विदेशी तथा स्वदेशी) लगानीकर्ता भित्र्याउने छ ।

विशेष साधारण सभा प्रयोजनको लागि कम्पनीले असार २८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा असार २७ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।

Share News