नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित

<p>काठमाडौं । नागरिक लगानी कोषले २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । आइतबारसम्पन्न कोषको २८ औं वार्षिक साधारणभाले आर्थिक बर्ष २०७८/७९ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । त्यसैगरी, साधारण सभाले एक दशमलव ३१५८ प्रतिशत नगद लाभांश पनि स्वीकृत गरेको छ । [&hellip;]</p>

काठमाडौं । नागरिक लगानी कोषले २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ ।

आइतबारसम्पन्न कोषको २८ औं वार्षिक साधारणभाले आर्थिक बर्ष २०७८/७९ को आम्दानी बाँडफाँड हिसाव बिवरणमा छुट्याएको प्रस्तावित २५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो ।

त्यसैगरी, साधारण सभाले एक दशमलव ३१५८ प्रतिशत नगद लाभांश पनि स्वीकृत गरेको छ ।
कोष संचालक समितिका अध्यक्ष प्राडा.सूर्य बहादुर थापाको अध्यक्षतामा कोषको साधारण सभा सम्पन्न भएको थियो ।

साधारणसभाबाट आ.ब २०७८/७९ को वार्षिक प्रतिवेदन पारित गरेको कोषले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको कोषले बताएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले सरकारी, गैर सरकारी एवं निजी प्रतिष्ठानमा नसमेटिएका अन्य क्षेत्रका नेपाली नागरिकहरुलाई सामाजिक सुरक्षाको प्रत्याभूति सहितको बचत कार्यक्रमले समेटने धारणा व्यक्त गरेका थिए ।

कोषले संकलन गरेको बचत रकमलाई राष्ट्रिय गौरवका आयोजनाहरु, पूर्वाधार विकास तथा उत्पादनमुलक क्षेत्रहरु, कोषमा आवद्ध सहभागीहरुलाई सहयोग पुग्ने गरी विभिन्न ऋण सापटीहरु एवं पुँजीबजारका विभिन्न औजारहरुमा लगानी विविधीकरण गरी प्रतिफल अभिबृद्धि गर्न सकिने थापाले बताए ।

साधारण सभामा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब १४ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

उक्त अवधिमा कोषले २ खर्व १२ अर्व ६४ करोड ७३ रुपैयाँ लगानी गरेको छ । कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने तर्फ कोषले काम गरिरहेको बताएको छ ।

 

Share News