
काठमाडौं । बर्जर रंगोत्सवका विजेता ढुङ्गानाले पाए ७५ इन्चको टिभी
बर्जर पेन्ट्सले सञ्चालन गरेको बर्जर रंगोत्सवमा इटहरीका रुपेश ढुंगानाले बम्पर उपहार जितेका छन् ।
बर्जर पेन्ट्सले २०७९ भाद्र १ गतेदेखि मंसिर १० गतेसम्म र फिफा विश्वकप २०२२ को बर्जर रंगोत्सव उपभोक्ता अफर सञ्चालन गरेको थियो ।
ढुंगानाले बम्पर उपहारमा ७५ इन्चको सोनाी एलइडी टिभी जितेको कम्पनीले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, बुटवलका भूपनारायण पौडेल र बिरगन्जका शिवकुमार नन्दवालले सामसङ ३४५ लिटरको रेफ्रिजेरेटर जितेका छन् ।
बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा बढी ग्राहकहरुले नगद र अन्य पुरस्कारहरु जितेको कम्पनीले बताएको छ ।
अन्य पुरसकारहरुमा विजेताहरुले सामसुङ बासिङ मेसिन, मोबाइल फोन, स्मार्ट वाच आदी जितेको कम्पनीले बताएको छ ।