बैंकको ऋण तिर्न नपुग्ने भएपछि बलेफीले बढायो हकप्रद सेयरको आकार

<p>काठमाडौं । बैंकको ऋण तिर्न रकम अपुग भएपछि बलेफी हाइड्रोपावरले हकप्रद सेयरको अनुपात बढाएको छ । कम्पनीले यसअघि घोषणा गरेको हकप्रद सेयरले बैंकको ऋण तिर्न अपुग हुने भएपछि हकप्रद संशोधन गरेको हो । कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर संशोधन गर्दै चुक्ता पूँजीको १ सय प्रतिशत पुर्याएको हो । अब कम्पनीको [&hellip;]</p>

काठमाडौं । बैंकको ऋण तिर्न रकम अपुग भएपछि बलेफी हाइड्रोपावरले हकप्रद सेयरको अनुपात बढाएको छ । कम्पनीले यसअघि घोषणा गरेको हकप्रद सेयरले बैंकको ऋण तिर्न अपुग हुने भएपछि हकप्रद संशोधन गरेको हो ।

कम्पनीको साउन २ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर संशोधन गर्दै चुक्ता पूँजीको १ सय प्रतिशत पुर्याएको हो । अब कम्पनीको १ सय कित्ता सेयर हुने लगानीकर्ताले १ सय कित्ता सेयर लगानी गर्न पाउने छन् ।

कम्पजीले १ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात् बिक्री प्रक्रिया अघि बढाउने छ । यसअघि कम्पनीले चुक्ता पूँजी ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने बताएको थियो ।

Share News