हिमालयन बैंकबाट बाहिरिँदै ४ जना संस्थापक, बिक्रीमा साढे ७ लाख कित्ता सेयर

<p>काठमाडौं । हिमालयन बैंकका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । बैंकका ४ जना सेयरधनीहरुले कूल कित्ता साढे ७ लाख कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक मंडला इन्भेष्टमेन्ट कम्पनीको नाममा रहेको १ हजार २८६ कित्ता, अमिर श्रेष्ठको २ लाख ४९२ कित्ता, बाल [&hellip;]</p>

काठमाडौं । हिमालयन बैंकका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् ।

बैंकका ४ जना सेयरधनीहरुले कूल कित्ता साढे ७ लाख कित्ता सेयर बेच्न लागेका हुन् । बैंकले संस्थापक मंडला इन्भेष्टमेन्ट कम्पनीको नाममा रहेको १ हजार २८६ कित्ता, अमिर श्रेष्ठको २ लाख ४९२ कित्ता, बाल कृष्ण श्रेष्ठको ५ लाख २६ हजार २२५ कित्ता र राजन कृष्ण श्रेष्ठको २३ हजार ६७७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

बैंकको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ ।

संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय काठमाडौंमा सम्पर्क गर्नु पर्नेछ ।

Share News