काठमाडौं । सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । बिहीबार सुनको मूल्यले फेरि ऐतिहासिक रेकर्ड राखेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको छ।
नेपाली सुनचाँदी व्यबसायीका अनुसार आज सुनको मूल्य तोलामा ५ सयले बढेको हो । आज छापावाल सुनको मूल्य १ लाख १३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । साथै, तेजाबी सुनको मूल्य १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, चाँदीको कारोबार आज १४ सय ९५ रुपैयाँ प्रतितोलामा भइरहेको छ ।