काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार बढेर रेकर्ड कायम गरेको सुनको मूल्य शुक्रबार तोलामा ८ सय रुपैयाँले घटेको हो ।
बिहिबार प्रतितोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार ८ सय रुपैयाँमा झरेको हो । त्यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ८ सय रुपैयाँले घट्दै १ लाख १२ हजार २५० रुपैयाँमा झरेको छ।
साथै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको छ ।