थप ११ वटा संस्थाले पाए ब्रोकर लाइसेन्स, सबैले सीमित कार्य गर्न पाउने (सूचीसहित)

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । बोर्डले साउन ४ गते थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स विरतरण गरेको प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र (ब्रोकर लाइसेन्स) प्रदान गरेको छ । बोर्डले साउन ४ गते थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स विरतरण गरेको प्रवक्ता मुक्ति श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को व्यवस्था बमोजिम पूर्वाधार तयार गरी बोर्डमा जानकारी गराएका थप ११ वटा निवेदक संस्थाहरुलाई धितोपत्र व्यापारी, पूर्ण कार्य गर्ने धितोपत्र दलाल तथा सिमित कार्य गर्ने धितोपत्र दलालको अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको हो ।

बोर्डले सीमित कार्य गर्नको लागि भन्दा ११ वटालाई लाइसेन्स दिएको हो । जसमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हव प्रा.लि., आकाशभैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट प्रा.लि., एस्.पी.एस्.ए. सेक्युरिटिज, एन.एम.बि. सेक्यूरिटिज, सानिमा सेक्यूरिटिज, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् ।

यसअघि बोर्डले पहिलो र दोश्रो चरण गरी कूल १९ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो । यसँगै ब्रोकर लाइसेन्स प्राप्त गर्नेको संख्या ३० पुगेको छ ।

कुन कुनले पाए ? सूचीसहित

Share News