मौद्रिक नीतिको प्रभावले सेयर बजारमा उछाल, नेप्से ६३ अंकले बढ्यो

<p>काठमाडौं । आइतबार नेप्से सूचक ६३ अंकले बढेको छ । साताको पहिलो दिने नेप्से बढेर बन्द भएको हो । आइतबार नै र राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रभाव पनि सेयर बजारमा देखिएको छ । आइतबार ४ अर्ब ३७ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ । मौद्रिक नीतिमा सेयर धितो कर्जाको जेखिमभार पुनरावलोकन [&hellip;]</p>

काठमाडौं । आइतबार नेप्से सूचक ६३ अंकले बढेको छ । साताको पहिलो दिने नेप्से बढेर बन्द भएको हो ।

आइतबार नै र राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रभाव पनि सेयर बजारमा देखिएको छ ।
आइतबार ४ अर्ब ३७ करोड रूपैयाँभन्दा बढीको कारोबार भएको छ ।

मौद्रिक नीतिमा सेयर धितो कर्जाको जेखिमभार पुनरावलोकन गर्ने भनिएपछि त्यसको सकरात्मक प्रभाव सेयर बजारमा देखिएको छ ।

सेयर धितो कर्जा लगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत छ । लगानीकर्ताले यसलाई घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने माग गरिरहेका छन् । राष्ट्र बैंक यो व्यवस्था पुनरावलोकनको लागि तयार भएको छ ।

आइतबारको बजारमा नेप्से परिसूचक समग्रमा ६३.२४ अंक बढेर २२ सय २७.२४ विन्दुमा पुगेको छ ।

आइतबार २६६ स्टकको ७५ हजार ८६ पटकको कारोबारमा ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड २० लाख २ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् ।

आइतबारको कारोबारबाट १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.९८ प्रतिशत बढेको छ ।

विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ ।

Share News