महिला फुटसलमा इको प्यानल नेपालको सहयोग

<p>काठमाडौं । क्रिजल फुटसल क्लबले काठमाडौंमा गर्न लागेको दोश्रो खुला महिला फुटसल प्रतियोगितामा सहभागी हुने ख्वप किङ्ग्स भक्तपुरलाई नेपाल इको प्यानलले साथ दिने भएको छ । इको प्यानलले खेलाडीहरुका लागि आवश्यक सहयोग प्रदान गरेर साथ दिने भएको हो । प्रतियोगिता साउन १२ गते शुक्रबार काठमाडौंको रोभ फुटसल सेन्टर मण्डिखाटारमा हुने छ । प्रतियोगितामा पहिलो हुने [&hellip;]</p>

काठमाडौं । क्रिजल फुटसल क्लबले काठमाडौंमा गर्न लागेको दोश्रो खुला महिला फुटसल प्रतियोगितामा सहभागी हुने ख्वप किङ्ग्स भक्तपुरलाई नेपाल इको प्यानलले साथ दिने भएको छ ।

इको प्यानलले खेलाडीहरुका लागि आवश्यक सहयोग प्रदान गरेर साथ दिने भएको हो ।

प्रतियोगिता साउन १२ गते शुक्रबार काठमाडौंको रोभ फुटसल सेन्टर मण्डिखाटारमा हुने छ ।

प्रतियोगितामा पहिलो हुने टिमले ट्रफी, मेडल्स र सर्टिफिकेटका साथै ३० हजार नगद पुरस्कार पाउने छन् ।

दोश्रो हुनेले ट्रफी, मेडल्स र सर्टिफिकेटका साथै २० हजार नगद पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडी र उत्कृष्ट गोल किपरलाई पनि पुरस्कार प्रदान गर्ने आयोजकले बताएको छ ।

Share News