३६ अंकले घट्यो सेयर बजार

<p>काठमाडौं । म‌गलबारकाे काराेबारमा सेयर बजार ३६ अंकले आरालो लागेको छ । मंगलबार नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१ सय ६४ दशमलव ३१ अंकमा सीमित भएको छ । सेन्सेटिभ इण्डेक्स ७.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक घटेको छ । नेप्सेसँगै मंगलबार कारोबार रकम पनि घटेको हो [&hellip;]</p>

काठमाडौं । म‌गलबारकाे काराेबारमा सेयर बजार ३६ अंकले आरालो लागेको छ ।

मंगलबार नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१ सय ६४ दशमलव ३१ अंकमा सीमित भएको छ ।

सेन्सेटिभ इण्डेक्स ७.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९४ अंक घटेको छ ।

नेप्सेसँगै मंगलबार कारोबार रकम पनि घटेको हो । अघिल्लो कारोबार दिन साढे ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार २६७ स्टकको ५३ हजार ५७० पटकको कारोबारमा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

पछिल्ला कारोबार दिनहरुमा सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको किसान लघुवित्तको शेयर, यस दिन पनि सकारात्मक सर्किट लेभलमा नै कारोबार भएको छ ।

त्यसैगरी, सिटि होटलको शेयरमूल्य ७.७४ प्रतिशत बढेको छ । यस दिन नबिल बैंकको ऋणपत्रको मूल्य सर्वाधिक ६.८७ प्रतिशत घटेको छ भने बिपिडब्लु लघुवित्तको शेयरमूल्य र सानिमा बैंकको ऋणपत्रको मूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन १५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । त्यसैगरी, यस दिन शिवम् सिमेन्ट्को १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

Share News