काठमाडौं । चालू आर्थिक वर्ष सुरु भएसँगै लाभांशको सिजन पनि सुरु भएको छ । चालू आर्थिक वर्षमा लाभांश घोषणा गर्ने पहिलो कम्पनी एनआईसी एशिया क्यापिटल बनेको छ । क्यापिटलले ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
क्यापिटलको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ४६ प्रतिशत (कर सहित) का दरले ९ करोड २० लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले साउन ३२ गते सातौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको साधारण सभा एनआईसी एशिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजे बोलाइएको छ ।
सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८० असारसम्मको वासलात र आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।