तीन दिनदेखि निरन्तर ओर्लियो नेप्से

<p> काठमाडौं । नेप्से परिसूचक तीन दिनदेखि निरन्तर घटिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ८.११ अंक घटेर २१५६.२० विन्दुमा झरेको छ । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक घटेको छ । बुधबार २६० स्टकको ४२ हजार ७१४ पटकको कारोबारमा २ अर्ब ४३ करोड [&hellip;]</p>

 काठमाडौं । नेप्से परिसूचक तीन दिनदेखि निरन्तर घटिरहेको छ । बुधबार पनि नेप्से परिसूचक ८.११ अंक घटेर २१५६.२० विन्दुमा झरेको छ ।

त्यसैगरी, सेन्सेटिभ इण्डेक्स २.०५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४३ अंक घटेको छ ।

बुधबार २६० स्टकको ४२ हजार ७१४ पटकको कारोबारमा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको ७३ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

१३ उपसमूहमध्ये बुधबार तीन उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । वित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक बढेको हो । कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक बुधबार सर्वाधिक १.४२ प्रतिशत घटेको छ ।

पछिल्ला तीन कारोबार दिनमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको किसान लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ६.९६ प्रतिशत बढेको छ ।

बुधबार ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ । किसान लघुवित्तसँगै मर्ज हुन लागेको जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य भने यस दिन सर्वाधिक ६.४९ प्रतिशत घटेको छ ।

त्यस्तै, बुधबार युनिलिभर नेपालको शेयरमूल्य ६.३३ प्रतिशत घटेको छ ।

Share News