चार दिनमा १०० अंकले घट्यो नेप्से परिसूचक

<p>काठमाडौं । मौद्रिक नीति सार्वजनिक भए यताको चार दिनमा सेयर बजार राताम्मे छ । यो चार दिनमा नेप्से सुचक १०० अंकले घटेको छ । बिहीबार नेप्से सूचक २९.७१ अंकले घटेर २१२६.४८ अंकमा झरेको छ । पछिल्ला चार कारोबार दिनमा सेयर बजार पुँजीकरण एक खर्ब ४७ अर्ब रुपैयाँले घटेको छ । पछिल्ला तीन दिनमा किसान लघुवित्तको [&hellip;]</p>

काठमाडौं । मौद्रिक नीति सार्वजनिक भए यताको चार दिनमा सेयर बजार राताम्मे छ । यो चार दिनमा नेप्से सुचक १०० अंकले घटेको छ ।

बिहीबार नेप्से सूचक २९.७१ अंकले घटेर २१२६.४८ अंकमा झरेको छ । पछिल्ला चार कारोबार दिनमा सेयर बजार पुँजीकरण एक खर्ब ४७ अर्ब रुपैयाँले घटेको छ ।

पछिल्ला तीन दिनमा किसान लघुवित्तको सेयर मूल्य २७ प्रतिशतले बढेको थियो तर, बिहीबारको बजारमा भने ८.६८ प्रतिशतले घटेको छ ।

बिहीबार १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशत घटेको छ ।

त्यसैगरी, वित्त, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्यचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढी घटेको छ ।

Share News