
काठमाडौ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जर भई साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाममा एकीकृत कारोबार सुरु भएको छ ।
असार २४ गतेबाट एकीकृत कारोबार सुरु भएको हो ।
शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतामा साना किसान विकास लघुवित्त वित्तीय संस्थाको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत डा.नबराज सिम्खडा र सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।