ह्वासिन सिमेन्ट उद्योग परिसरमा सानिमाको एटीएम

<p>काठमाडौं । सानिमा बैंक लिमिटेडले ह्वासिन सिमेन्ट उद्योग परिसरमा एटीएम बुथको स्थापना गरेको छ । धादिङको रोराङ गाउँपालिकाका स्थानीयहरुलाई वित्तीय पहुँच पुर्&#x200d;याउने उद्देश्यले बुधबार एटीएम बुथको स्थापना गरिएको बैंकले बताएको छ । बेनीघाट रोराङ गाउँपालिका–२ का अध्यक्ष हेमराज भुजेल र ह्वासिन सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक सियाङ चाङ होङसहित सानिमा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले [&hellip;]</p>

काठमाडौं । सानिमा बैंक लिमिटेडले ह्वासिन सिमेन्ट उद्योग परिसरमा एटीएम बुथको स्थापना गरेको छ ।

धादिङको रोराङ गाउँपालिकाका स्थानीयहरुलाई वित्तीय पहुँच पुर्‍याउने उद्देश्यले बुधबार एटीएम बुथको स्थापना गरिएको बैंकले बताएको छ ।

बेनीघाट रोराङ गाउँपालिका–२ का अध्यक्ष हेमराज भुजेल र ह्वासिन सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक सियाङ चाङ होङसहित सानिमा बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले उक्त एटीएम मेसिनको आरम्भ गरेका हुन् ।

एटीएको सुरुवातपछि बैंकका प्रमुख संस्थागत निक्षेप रमिला श्रेष्ठले त्यस क्षेत्रको जनताको वित्तीय आवश्यकतालाई महसुस गरी एटीएम स्थापना गरेको बताइन् ।

Share News