काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले मल्टीपर्पस फाइनान्स र सिनर्जी पावर डेभलपमेन्टको सेयरमूल्य समायोजन गरेको हो ।
दुवै कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले मल्टीपर्पस फाइनान्सको ३५ प्रतिशत र सिनर्जी पावरको ५० प्रतिशत हकप्रद सेयर समायोजन गरेको हो । समायोजनपश्चात मल्टीपर्पस फाइनान्सको सेयरमूल्य ३१८.३७ रुपैयाँ र सिजर्नी पावरको २०३.३३ रुपैयाँ कायम भएको छ ।
नेप्सेले बिहीबारको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो । बिहीबार मल्टीपर्पस फाइनान्सको सेयर प्रतिकित्ता ३९४.८० रुपैयाँ र सिनर्जी पावरको सेयर प्रतिकित्ता २५५ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।