सोल्टी होटलका सेयरधनीले लिएनन् लाभांश (नामावलीसहित)

<p>&nbsp; काठमाडौं । सोल्टी होटलले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । होटलले विभिन्न साधारणसभाबाट पारित भएको लाभांश हालसम्म नलिएका सेयरधनीहरुलाई लिन आग्रह गरेको हो । कम्पनीका अनुसार चालु आर्थिक वर्षसम्म ३ हजार ९४१ जना सेयरधनीहरुले लाभांश रकम लिन बाँकी छ । यी सेयरधनीहरुले ६२ लाख ७० हजार रुपैयाँ बराबरको लाभांश रकम नलिएको कम्पनीले [&hellip;]</p>

 

काठमाडौं । सोल्टी होटलले पुरानो लाभांश लिन सेयरधनीहरुलाई आग्रह गरेको छ । होटलले विभिन्न साधारणसभाबाट पारित भएको लाभांश हालसम्म नलिएका सेयरधनीहरुलाई लिन आग्रह गरेको हो ।

कम्पनीका अनुसार चालु आर्थिक वर्षसम्म ३ हजार ९४१ जना सेयरधनीहरुले लाभांश रकम लिन बाँकी छ । यी सेयरधनीहरुले ६२ लाख ७० हजार रुपैयाँ बराबरको लाभांश रकम नलिएको कम्पनीले जनाएको छ ।

सो लाभांश रकममा हालसम्म पनि लिन नआएको र हकदावी समेत नपरेकोले बाँकी लाभांश लिन कम्पनीको सेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटलमा सम्पर्क गर्नु पर्नेछ ।

साथै, सेयर प्रमाणपत्र हालसम्म अभौतिकिकरण (डिम्याट) नगरेका सेयरधनीहरुले यथाशीघ्र डिम्याट खाता खोलेको सम्बन्धित निक्षेप सदस्य (डिपि)मा सम्पर्क गर्नुपर्नेछ । साथै, बैंक तथा वित्तीय संस्थामा रहेको बैंक खाता नम्बर सहितको विवरण अद्यावधिक गराएपछि नगद लाभांश रकम सो बैंक खातामा रकमान्तरण गरिने कम्पनले जनाएको छ ।

५ वर्षसम्म दाबी हुन नआएमा लाभांश रकम ऐन अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले बताएको छ ।

[pdf id=426990]

Share News