काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा एकैदिन ९ सय रुपैयाँले घटेको हो ।
नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनको मूल्य घटेर तोलामा १ लाख १२ हजार ६ सय रुपैयाँमा करोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
साथै, शुक्रबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।