नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत साउन ७ गते आइतबारदेखि साउन १२ गते शुक्रबारसम्म नेशनल लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापत ३७ लाख १२ हजार [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा गत साता विभिन्न ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत साउन ७ गते आइतबारदेखि साउन १२ गते शुक्रबारसम्म नेशनल लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ८ प्रतिशत बोनस बापत ३७ लाख १२ हजार ३४५.५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ६.५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ४.७५ प्रतिशत बोनस बापत ६७ हजार ३२९.११ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तै, एनएमबि लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस बापत ६ लाख ५५ हजार ८६२.८६२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Share News