कानुन संशोधन गरेर गैर आवासीय नेपालीलाई पूँजी बजारमा प्रवेश

<p>काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गैर आवासीय नेपाली नागरिकलाई दोस्रो बजारमा भित्र्याउन कानुन संशोधन गर्ने भएको छ । बोर्डले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा कानुन संशोधन गरेर गैर आवासीय नेपालीलाई पूँजी बजारमा प्रवेशका लागि अनुमति दिने विषय उल्लेख गरेको हो । बोर्डका अनुसार पूँजी बजारमा लगानीकर्ताको संख्यामा वृद्धि [&hellip;]</p>

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गैर आवासीय नेपाली नागरिकलाई दोस्रो बजारमा भित्र्याउन कानुन संशोधन गर्ने भएको छ । बोर्डले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा कानुन संशोधन गरेर गैर आवासीय नेपालीलाई पूँजी बजारमा प्रवेशका लागि अनुमति दिने विषय उल्लेख गरेको हो ।

बोर्डका अनुसार पूँजी बजारमा लगानीकर्ताको संख्यामा वृद्धि तथा प्रतिस्पर्धात्मक वातावरणको विकास गर्न एवं गैर आवासीय नेपाली नागरिकहरूको ज्ञान, सीप, पूँजी, प्रविधि र सञ्जाललाई मुलुकको विकास र समृद्धिसँग जोड्ने गरी गैर आवासीय नेपाली नागरिकहरूलाई पूँजी बजारमा सहज प्रवेशका लागि आवश्यक कानुनी तथा संस्थागत पूर्वाधार तयार गर्नेछ ।

धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी लगानीकर्ता शिक्षा तथा जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्ने, बोर्डको नियमन तथा सुपरीवेक्षकीय कार्यहरू दक्ष एवं प्रभावकारी रूपमा संचालन गर्न आवश्यक जनशक्तिको व्यवस्थापन र कर्मचारीको क्षमता अभिवृद्धि तथा विकास गर्ने बोर्डले जनाएको छ ।

Share News